अनेम संघ चन्द्रागिरि नगर कमिटीको तेस्रो नगर अधिवेशन भव्यताको साथ सम्पन्न

शान्ता बलामीको नेतृत्वमा ३७ सदस्यीय कमिटि गठन

काठमाडौं : अखिल नेपाल महिला संघ चन्द्रागिरि नगर कमिटीको तेस्रो नगर अधिवेशन आज चन्द्रागिरि ११ सतुंगल पार्टी प्यालेसमा भव्यताको साथ सम्पन्न छ ।
नेकपा एमाले केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष तथा चन्द्रागिरि इन्चार्ज सर्मिला कार्कीको प्रमुख आतिथ्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको सभासदस्य शान्ती श्रेष्ठको विशेष आतिथ्यमा उक्त अधिवेशन सम्मन्न भएको नगर अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
अधिवेशनमा नेकपा एमाले प्रदेश सदस्यहरु हरि शरण थापा, वेलीमैया घले, सन्तोष खडका र लिशा नकर्मी, शोभा सापकोटा तथा प्रदेस कमिटी सदस्य तथा प्रदेस माननीय केशव पोखरेकको उपस्थिति रहेको थियो ।


त्यस्तै नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सहसचिव विन्दु महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ काठमाण्डौं जिल्ला कमिटी कार्यवाहक अध्यक्ष भगवती गौतम, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ जिल्ला कमिटी सहसंयोजक तथा चन्द्रागिरि नगर पालिकाको उपमेयर वसन्ती श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य हिरा थापा मगर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य अनन्त सिग्देल, जिल्ला कमिटी सचिवालय सदस्य हरिभक्त महर्जन, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रदेश सभा सदस्य विन्दु श्रेष्ठ, जिल्ला कमिटी सदस्य नारायण महर्जन, त्यस्तै नेकपा एमाले चन्द्रागिरि नगर कमिटी अध्यक्ष राजु श्रेष्ठ, उपाध्यक्ष गीता पोखरेल, सचिव राजभाई महर्जन, सहसचिव तथा अनेमसंघ जिल्ला कमिटी सदस्य लक्ष्मी थापा, अनेमसंघ जिल्ला कमिटी सदस्यहरु पार्टी नगर कमिटी सदस्यहरु लगायत ४३७ जना प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थितिमा नगर अधिवेशन भव्यताको साथ सम्पन्न भएको श्रेष्ठले जानकारी दिए।


नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेमसंघ कार्यवायक अध्यक्ष भगवती गौतको अध्यक्षतामा वनेको अध्यक्ष मण्डले चन्द्रागिरि नगर पालिकामा शान्ता वलामी अध्यक्ष, अष्टमायमा कर्माचार्य उपाध्यक्ष, संगिता चापागाई सचिव, मिना गोपाली कोषाध्यक्ष, सिता लामिछाने सहसचिव सहित ३७ जनाको नगर कमिटीको घोषण गरिएको छ ।


कार्यक्रममा २०४६ सालको जनआन्दोलनको एक महत्वपूर्ण महिला नेतृ लक्ष्मी कार्कीको उपस्थितिले कार्यक्रममा थप हौसला मिलेको नवनियुक्त अध्यक्ष शान्ता बलामीले जानकारी गराइन ।

Scroll to Top