काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले अद्यावधिक भएका र नभएका संस्थाहरुको सू्ची सार्वजनिक गरेको छ ।
विभागले गत आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा गरेर माघसम्म विवरण अद्यावधिक गरेका र बाँकी रहेका संस्थाहरुको विवरण सार्वजनिक गरेको जनाएको छ ।
महानगरपालिका कार्यक्षेत्र भएका सहकारी मध्ये अधिकांश सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।
महानगरपालिकामा कार्यक्षेत्र भएका सहकारी मध्ये ८१२ वटाले विवरण अध्यावधिक गरेका छन् भने ११२६ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।
महानगरपालिका अन्तर्गत बचत तथा ऋण सहकारी संख्या १५९५ वटा सहकारी संस्था आबद्ध रहेका छन् । जसमा ६५३ वटा संस्थाले विवरण अध्यावधिक गरेका छन् भने ९४२ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् । महानगर कार्यक्षेत्र भएका सहकारी ९४२ वटा सहकारीले कानून मानेका छैनन् ।
काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ८१ उपदफा २ को १ मा भएको व्यवस्था अनुसार जरिवाना हुने छ । उक्त व्यवस्थामा तोकेको सूचना, विवरण, प्रतिवेलन तोकिएको समयमा नदिएमा ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।