अनिश खड्गीको अध्यक्षतामा चन्द्रागिरि बजार व्यवस्थापन समिति गठन

काठमाडौं । चन्द्रागिरि ४ मा चन्द्रागिरि बजार व्यवस्थापन समिति गठन भएको छ ।

चन्द्रागिरि केबुलकार क्षेत्र र घुमाउने वरवरका व्यापारीहरु मिलेर गठन गरिएको समितिमा अनिश खड्गी ( अध्यक्ष ) मधुसुदन विडारी ( उपाध्यक्ष ) खिम बहादुर चन्द ( सचिव ) विष्णु बन्जाडे ( कोषाध्यक्ष ) तिर्थराज बलामी , सन्जय श्रेष्ठ , दिनेश भट्टराई , प्रमिशा गुरुङ , शिजन शाक्य , हरि श्रेष्ठ लगायत पदाधिकारी रहेको छ ।

समिति गठन गर्नुको कारण र उद्देश्यबारे बोल्नेक्रममा अध्यक्ष अनिश खड्गीले चन्द्रागिरि हिल्स स्थापनासँगै चन्द्रागिरी नगरपालिका वडा नं ४ घुमाउने , टेकानपुर , नयाँ गाउँ , पुरानो गाउँ लगायतको क्षेत्रमा बजार विस्तार हुनेक्रम बढेको र चन्द्रागिरिमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको चाहना अनुसार स्तरीय सेवा , सुविधा प्रवाह गर्ने सवालमा स्थानीय व्यवसायीहरु चुकिरहेको साथै अस्वस्थ प्रतिस्पर्धाले बजारको छवि राम्रो हुन नसकिरहेको अवस्थामा सबै व्यवसायीहरु संगठित भएर चन्द्रागिरि बजारको गरिमा र प्रतिष्ठा कायम गर्न सो समिति गठन गरिएको बताए ।

आज सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य रविना तोलाङ्गे लगायत चन्द्रागिरि केबुलकार क्षेत्रमा व्यवसाय गरिरहेका व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी तथा समाजसेवी सानुकाजी खड्गीले नव गठित चन्द्रागिरि बजार व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

Scroll to Top