अभय श्रेष्ठको “लहना र तीर” लोकार्पण

कवि , लेखक तथा मार्क्सवादी चिन्तक अभय श्रेष्ठको “लहना र तीर” कविता पुस्तक लोकार्पण सम्पन्न भएको छ । लामो समयदेखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आएका श्रेष्ठ बहुप्रतिभाशाली स्रस्टा हुन् ।

जीवनको लामो समय नेपाली पत्रकारिता क्षेत्रको प्रगतिशील स्वरुप निर्माण र आम भुइँ तहका विषयमा निरन्तर वकालत गर्दै आईरहेका अभय एक ईमानदार साहित्यकार हुन् !

कोरा स्वैर कल्पना र रुमानी सस्तो प्रेम – भावनाभन्दा पर व्यक्ति , समाज र राष्ट्रको जटिल मुद्दाहरुलाई आफ्नो लेखनको भाव अभिव्यक्ति मार्फत प्रस्तुत गर्नु उनको मुलभुत शिद्धान्त र दायित्व रहिआएको पाईन्छ ! उपत्यकाको नेवार संस्कृति , लोकपरम्परा र क्रमशः क्षय हुँदै गईरहेको नेपाल मण्डलको वैभवशाली सम्पदाको साक्षी बसिरहेका अभय श्रेष्ठको चिन्तनको केन्द्र बहुआयामिक छ ।

अस्थिर राजनीति , विकृति एवम् उतरोत्तर संक्रमित व्यवस्था र राजनीतिक नेतृत्वप्रति तिनको शालिन विद्रोह सभवत: “लहना र तीर”मा प्रकट भएको छ ! प्रज्ञा प्रतिष्ठानमा आयोजित “लहना र तीर” लोकार्पण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष परियार , समलोचक ज्ञानु अधिकारी , लेखक समालोचक सुरेश किरण लगायत सहभागी थिए !

त्यस्तै दोस्रो चरणमा कविता संवाद अन्तर्गत सम्पादक दिपक सापकोटाले सहजीकरण गरेको प्रश्नोत्तर कार्यक्रम विशेष रहन गएको थियो । परिचित आरजे तथा कवि रामगोपाल आशुतोषले संचालन गरेको सो कार्यक्रम सभ्य र भव्यरुपमा समापन भएको आयोजकले जानकारी दिए !

अभय श्रेष्ठको यसअघि “फुलबिनाको शाखा” (२०६०) “कायाकल्प” (२०६२) तथा “तेस्रो किनारा” कथा सङ्ग्रह ( २०६८ ) प्रकाशित छन् !

Scroll to Top