आकाशमा देखिन छाडे चङ्गा, जमिनमा लिङ्गे पिंगहरु !

काठमाडौं । अहिले हाम्रो घर आँगनमा दशैँको आगमन भइसकेको छ । विद्यालय , कलेजहरु लामो विदामा छन् । अफिस , कार्यालय , कम्पनी लगायत दैनिक जीवनको उहापोहबाट विश्राम लिन , हाकिम , कर्मचारी , मजदुर , नेता सबै सबै “फेस्टिबल मुडमा” छन् । विदेशमा रहेका दाजुभाइ , दिदीबहिनीहरु पनि आफूभन्दा ठूला मान्यजनको हातबाट टिका लगाउन गाउँ फर्किदै छन् ! सहरका मलदेखि पसलहरूमा किनमेलका लागि भीडभाड देखिन्छ ।

झरी , वर्षा , हिलो , मैलोको मौसम सकिएर घमाईलो याम प्रारम्भ भएको छ । तर, उहिलेको हाम्रो समयमा जस्तो अहिलेका बालबालिकाहरु चङ्गासँग रमाएको देखिदैन । न त लिङ्गे पिंगहरु नै धेरै देखिन्छ । पहिला पहिला दशैं विदामा बालबालिकाहरु चङ्गासँग रमाइरहेका देखिन्थे भने अहिले न त आकाशमा चंगा नै देखिन्छ । न त बालबालिकाहरु चङ्गासँग रमाएको नै देखिन्छ ! उहिले उहिले दशैं बिदा भएपछि बालबालिकाहरु चङ्गा उडाइरहेका देखिन्थे भने अहिले त्यो रौनक हराउँदै गएको छ । हेर्दा सामान्य जस्तो देखिएपनी आकाशबाट चङ्गा हराउँदै जानु र बालबालिकाहरुको हातमा लट्टाईंको सट्टा मोबाइल र रिमोट मात्रै हुनु साँस्कृतिक परम्परा र हाम्रो मौलिक जीवनको पतनको समेत लक्षण हो !

फाइल तस्बिर
फाइल तस्बिर
Scroll to Top