आजको मौसम कस्तो रहनेछ ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै, बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ ।

अहिले काठमाडौं उपत्यकासहित देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

बागमती, कोशी, र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

Scroll to Top