आजदेखि १३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय –याङ्किग ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौं ।
१३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय –याङ्किग ब्याडमिन्टन प्रतियोगिता आजदेखि महांकाल ब्याडमिन्टन कभर्ड हलमा आयोजना हुँदैछ ।
नेकपा एमालेको भातृ संस्था खेलकुद महासंघ नेपाल अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघले विगत बर्षदेखि निरन्तरता प्रदान गर्दै आइरहेको यस प्रतियोगितामा १२ विधामा प्रतिस्पर्धा गराईने संघका महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।


प्रतियोगितामा नेपाल अधिराज्यभरका ४३० जना खेलाडीहरु सहभागी रहेको श्रेष्ठले जानकारी दिए ।
सहआयोजक महांकाल ब्याडमिन्टन कभर्ड हल, चन्द्रागिरी नगरपालिका ७ को कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८ बरियतादेखि बाहेकका पुरुषमा ४७ जना र महिला एकलमा २० जना, पुरुष डबल्समा २८ टिम, महिला डबल्समा ११ टिम, भेट्रान्स ४५ प्लसमा ४५ टिम, भेट्रान्स ५५ प्लसमा १६ टिक सहभागी भएका छन् । त्यस्तै, पुरुष यु १३ मा ३५ टिम, महिला यु १३ मा ११, पुरुष ग १७ मा ४१ र महिला यु १७ मा १८ टिमको सहभागीता रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको महांकाल ब्याडमिन्टन कभर्ड हलमा आयोजना हुन गइरहेको १३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय –याङ्किग ब्याडमिन्टन प्रतियोगितामा इतिहासकै अहिलेसम्मकै बढी खेलाडीहरुको सहभागिता रहेकोमा आफू ज्यादै उत्साहित भएको महासचिव श्रेष्ठले बताए ।
ब्याडमिन्टको इतिहासमा एक सम्मानित प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख २३ हजार रहेको छ । शीर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्ने छन् ।

दुई समूहका शीर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । विजेता खेलाडीले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र सेमिफाईनलिस्ट द्वयले नगद करिव १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।
प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् ।


यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।
महिला युगल तर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।


महांकाल ब्याडमिन्टन कभर्ड हलमा आयोजना हुने प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेको छ ।
त्यस्तै, आज महांकाल ब्याडमिन्टन कभर्ड हलमा नवनिर्मित प्याराफिट पनि उद्घाटदन हुँदैछ । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गर्ने प्याराफिट उद्घाटन कार्यक्रममा चन्द्रागिरि नगरका नगर उपप्रमुख बसन्ती श्रेष्ठ, विभिन्न वडाका जनप्रतिनिधिहरु, समाजसेवीहरु, विभिन्न संघसंस्थाका व्यक्तिहरु, खेलाडीहरुको बाक्लो उपस्थितिमा आयोजना हुन लागेको आयोजकले जानकारी दिए ।

Scroll to Top