आजबाट निर्वाचन आचारसंहिता लागू, को-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ । उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

आजबाट इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभरमा लागू हुने गरी बुधबारदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

Scroll to Top