![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
काठमाडौं । आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ।
सन् १९७० देखि प्रत्येक वर्ष अप्रिल २२ तारिखमा पृथ्वी दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो ।
यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ। दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ ।
पृथ्वी बर्सेनी तात्दै गइरहेको छ । सन् १८८० पछि प्रत्येक दशकमा ०।८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तापक्रम बढेको विज्ञ बताउँछन् ।
पृथ्वी बर्सेनी तात्दै गइरहेको छ । सन् १८८० पछि प्रत्येक दशकमा ०।८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तापक्रम बढेको विज्ञ बताउँछन् । मानव क्रियाकलापले नै पृथ्वीको अस्तित्व संकटमा पर्दा यस्ता कार्यको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त मात्रामा जान नसकेको उनीहरूको भनाइ छ ।