आज अष्टलक्ष्मी शाक्यबाट नेकपा एमाले चन्द्रागिरि नगर अधिवेशनको उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटीको दोस्रो नगर अधिवेशन आजबाट सुरु हुँदैछ । जेठ ५ र ६ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । 

अधिवेशनको बिहान ११ बजे केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चन्द्रागिरि नगरपालिका-५ किसिपिडी, लाछीमा उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष राजु श्रेष्ठले बताए ।

अधिवेशनमा करिब ३ हजार जना नेता कार्यकर्ताको उपस्थिति रहने सो पार्टीको अनुमान छ । 

संगठन सुदृढीकरण र विस्तार अबको संकल्प, समृद्ध चन्द्रागिरिका लागि नेकपा एमाले निर्विकल्प भन्ने मूल नारासाथ हुन लागेको अधिवेशन जेठ ६ गते सतुंगल पार्टी प्यालेसमा समापन कार्यक्रम रहेको जनाएको छ। 

पार्टीको दोस्रो नगर अधिवेशनमा नगरभरका करिब २ सय जना प्रतिनिधिहरुले भाग लिने नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

२ चरणमा सञ्चालन हुने अधिवेशनको बन्दसत्र चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलस्थित सतुंगल पार्टी प्यालेसमा हुने छ ।

Scroll to Top