आज इन्द्रजात्रा पर्व मनाइँदै, भोली चन्द्रागिरि १ दहचोकस्थित इन्द्रस्थानमा ईन्द्र दह स्नान मेला लाग्ने

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । 
भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । 
बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।

Sewt Bhairab1695877758.jpg

द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 
इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ । यो ऐतिहासिक इन्द्र जात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् । 
जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो ।
इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

त्यस्तै, हरेक वर्ष भाद्र शुक्ल पूर्णिका दिन (इन्द्र जात्राको भोलिपल्ट) चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित इन्द्रस्थानमा लाग्ने ईन्द्र दह स्नान मेलाको तयारी तिव्र पारिएको छ। 

यसपटक सो मेला असोज १२ गते बिहीबार लाग्दैछ । 

मेला व्यवस्थापनका लागि स्थानीय प्रशासनले विभिन्न उप समितिलाई जिम्मेवारी दिइ तयारी तिव्र पारिएको चन्द्रागिरि नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरिश्याम रानामगरले जानकरी दिनुभयो । 

मेला व्यवस्थापनका लागि अगुवाइ गरेको ईन्द्र दह कोत गाउँ व्यवस्थापन समितिका अनुसार ईन्द्र दह स्नान मेलाका अवसरमा असोज ११ गते लाखे नाच, धिमे तथा बाँसुरी खलले मनोरञ्जनात्मक प्रस्तुती दिने कार्यक्रम तय भएको छ भने साँझ ढुंगेधारा उद्घाटन एवं ईन्द्र दह स्नान मेला क्षेत्रमा दीप प्रज्ज्वलनको कार्यक्रम हुनेछ । साँझ नै चर्चित कलाकारहरूको उपस्थितिमा प्रत्यक्ष लोक दोहोरी सुरु हुनेछ ।

मध्यरातमा हनुमानढोकाबाट परम्परा अनुसार चल्दै आएको इन्द्रध्वजसहितको नित्य पूजापछि बिहीबार बिहानैबाट स्नान मेला सुरू हुने बताइएको छ। 

मेला व्यवस्थापनका लागि स्काउट, प्रहरी प्रशासन तथा स्थानीय स्वयंसेवकहरू समेत खटिने बताइएको छ ।

Scroll to Top