आज कहाँ–कहाँ हुनेछ वर्षा ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको विभिन्न स्थानमा वर्षा हुने जनाएको छ ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने जनाएको हो ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी र बागमती प्रदेशको केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने जनाएको हो ।

साथै आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

Scroll to Top