आज चन्द्रागिरि नगरपालिकामा महंगी, कालोबजारी, भष्ट्राचारविरुद्ध राप्रपाले ज्ञापन पत्र बुझायो

महंगी बढेको, कालोबजारी बढेको, भष्ट्राचार मौलाएको लगायतका विषयमा ध्यानाकर्षण गराउन राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकामा आज ज्ञापन पत्र बुझाएको छ ।
आउँदै गरेको हिन्दुहरुको महान चाड वडादशैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ पर्वहरुमा कृतिम अभाव, कहालीलाग्दो मूल्य बृद्धि, कालो बजारी, खाद्य पदार्थमा मिसाटजस्ता अवाञ्छित कुराहरु अबिलम्ब नियन्त्रण गरी नेपाली जनताहरुलाई राहत महसुस गराउने कार्य तत्काल कार्यान्वयन गर्न राप्रपा चन्द्रागिरि कार्यसमितिले माग गरेको राप्रपा चन्द्रागिरि नगर अध्यक्ष रञ्जन कुमार गिरीले जानकारी दिए ।

यस नगरपालिकाले नगरभित्र संचालन गरिएका योजनाहरु पादर्शी गरी सबै जनतालाई जानकारी गर्नुपर्ने, नगरमा सशुल्क पार्किगको व्यवस्था र शान्ति सुरक्षाको भरपर्दो उपाएहरु अबिलम्ब गर्नुपर्ने, तीज कार्यक्रमको लागि छुट्याएको रु ३०,००,००० रकमको बारेमा स्पष्ट पार्ने, कवाडी घोटाला सम्बन्धमा चाडो भन्दा चाडो छानविन गरी दोषीउपर काबारही गर्नुपर्ने माग राखेको शोणितपुर खबरलाई अध्यक्ष गिरीले जानकारी दिए ।

Scroll to Top