सरकारले तोक्यो खसीबोकाको मूल्य, जीउँदो खसीबोका प्रतिकिलो ६८० रुपैयाँ र च्यांग्रा १ हजार २६०

काठमाडौं– सरकारले दशैंका लागि बिक्री गरिने खसीबोका तथा च्यांग्राको मूल्य तोकेको छ। सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबार मूल्य तोकेको हो।

जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकिएको छ भने च्यांग्राको १ हजार २६० रुपैयाँ तोकिएको छ। 

तोकिएको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट हुने खाद्य संस्थानकी प्रवक्ता सर्मिला न्यौपानेले जानकारी दिइन्।

२ हजार खसी र १ हजार च्यांग्रा ल्याइएको न्यौपानेले बताइन्। जसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

थापाथलीस्थित बिक्री केन्द्रबाट खसीबोका मंगलबार बिहान ८ बजेबाट बिक्री सुरु हुने उनले जानकारी दिइन्।

Scroll to Top