आज प्रथम गोदावरी मेयर कपको फाइनलमा चन्द्रागिरि र काठमाडौंबीच भिडन्त

आज प्रथम गोदावरी मेयर कपको फाइनलमा चन्द्रागिरि र काठमाडौंबीच ललितपुरको गोदावरीमा फाइनल खेल हुँदैछ ।

फाइनल खेल गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलस्थित बहुउद्देश्यीय खेल मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Scroll to Top