शिक्षा बिधेयकको बिरोधमा शिक्षकहरू सडकमा

सदनमा दर्ता भएको शिक्षा विधेयक विभेदकारी, नियन्त्रण मूखी भएको र शिक्षकका हकहितको सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको छ। बुधबार देशभरिका विद्यालय बन्द गरी देशभरका हजारौ शिक्षकहरू काठमाडौं ओर्लिएका छन् ।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो। हजारौको संख्यामा शिक्षकहरू माइतीघर देखि नयाँ बानेश्वर सम्म मार्चपास गरीरहेका छन् ।

हजारौं शिक्षक काठमाडौंमा आइसकेपनि महासंघ नेतृत्वले आन्दोलनलाई प्रभावकारी नेतृत्व गर्न नसकेको गुनासो पनि शिक्षकहरूले गरेका छन् ।

Scroll to Top