आधुनिकताको नाममा कुरुप बन्दै काँठ क्षेत्र

चन्द्रागिरि वरपरिका डाँडाहरुमा जग्गा खण्डिकरणको नाममा प्लटिङ बढ्दो

काठमाडौं । सहरदेखि बाहिरको वरिपरिको गाउँ बस्तीलाई काँठ क्षेत्र भनिन्छ । काँठ क्षेत्रको रहनसहन ग्रामीण र सहरीया जीवनशैली दुवैसँग मिल्दोजुल्दो देखिन्छ । सामान्य भाषामा भन्दा सहर र गाउँ बीचको क्षेत्रलाई काँठ भनिन्छ ।
हेर्दा गाउँ जस्तो देखिने तर सहरसँग जोडिएको गाउँबस्तीलाई काँठ क्षेत्रभन्दा फरक पर्दैन ।


काठमाडौं उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामिण क्षेत्रलाई काँठ भनिन्छ । यसो हेर्दा सहरिया जनजीवनजस्तो तर ग्रामिण जनजीवनसँग मेल खाने काँठको जनजीवन सदियौंदेखि आफ्नै पारामा चल्दै आएको छ ।
हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो । काँठको जनजीवनमा आत्मियता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौं उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरु सहर भन्ने गर्दथे ।

हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो । काँठको जनजीवनमा आत्मियता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौं उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरु सहर भन्ने गर्दथे ।


काँठका मानिसहरु उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा शहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो ।
तर अहिले पहिलेको जस्तो काँठ क्षेत्र काँठजस्तो देखिदैन । समयको चक्रले काँठ क्षेत्रलाई व्यापक विकास तथा विस्तार गर्दै लगेको देख्न सकिन्छ ।


पहिलो देखिने हरिया फाँटहरुमा अहिले ठूला ठूलो घरहरुले भरिएका छन् । पहिला देखिने हरिया वनजंगलहरु अहिले फडानी गर्दै बस्ती बसालिँदै छ । जसले गर्दा यसो हेर्दा अहिले काँठ क्षेत्रमा कंक्रिट जंगलजस्तै देखिन थालेको छ ।
करिब एक दशकको अवधिमा काँठमा ठूलो परिवर्तन आएको छ । काठँको हरियाली लगभग सकिएको छ ।
आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदुषित बनेको छ ।
यस्तै, चन्द्रागिरि नगरको कुरा गर्ने हो भने पनि जताततै अव्यवस्थित प्लटिङ गरेको देख्न सकिन्छ । चन्द्रागिरि वरपरिका डाँडाहरुमा जग्गा खण्डिकरणको नाममा प्लटिङ गर्ने, त्यसमा न ढलको व्यवस्था छ, न खानेपानी, न विजुली बत्तिको राम्रो व्यवस्था । जग्गा प्लटिङको नाममा सरकारको न्यूनतम मापदण्डसमेत पालना गरेको देखिदैछ ।

चन्द्रागिरि वरपरिका डाँडाहरुमा जग्गा खण्डिकरणको नाममा प्लटिङ गर्ने, त्यसमा न ढलको व्यवस्था छ, न खानेपानी, न विजुली बत्तिको राम्रो व्यवस्था । जग्गा प्लटिङको नाममा सरकारको न्यूनतम मापदण्डसमेत पालना गरेको देखिदैछ ।


जताततै आफूखुशी घर बनाउँदा ऐतिहासिक, सांस्कृतिक चन्द्रागिरि नगर पनि कुरुप हुँदै गएको देखिन्छ । यसलाई समयमै नगरले हेर्नुपर्नेमा स्थानीयवासीको गुनासो रहँदै आएको छ ।
जताततै अव्यवस्थित जग्गा प्लटिङले गर्दा आजकाल काँठ क्षेत्रको सौन्दय कुरुप भन्दै गइरहेको देखिन्छ । यसलाई समयमै नरोके काँठ क्षेत्र अझै कुरुप नबन्ला भन्न सकिँदैन । यसलाई रोक्न केन्द्रीयस्तरबाटै काम हुनुपर्ने बताउँछन् काँठ क्षेत्रका बासिन्दाहरु ।

Scroll to Top