आहा ! रारा पोखरा गोल्डकप सुरू

उद्घाटन खेलमा आयोजक सहारालाई २-१ गोल अन्तरले हराउँदै थ्री स्टार क्लब क्वाटरफाइलनमा प्रवेश

काठमाडौं ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आजदेखि २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप सुरु भएको छ ।

९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाएका छन्। उद्घाटन खेलमा आयोजक सहारालाई २-१ गोल अन्तरले हराउँदै थ्री स्टार क्लब क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ। दुई ‘ए”डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन्। प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ।

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Scroll to Top