ईटाखेल सरोकार समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरे

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको ईटाखेल सरोकार समाजले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
चन्द्रागिरि ७ स्थित प्रभात माविमा आज गरिएको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडासदस्य भुवन केसीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै स्थानीय व्यक्तिहरुले रक्तदान गरेका थिए ।
ईटाखेल सरोकार समाजले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

Scroll to Top