उदयपुर सिमेन्टका महाप्रबन्धकसहित ८ जनाविरुद्ध २२ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहासहित ८ जना विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याएकोले भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुसँग २२ लाख ७८ हजार ३ सय ५ रूपैयाँ ६० पैसा बिगो माग दावी गरी आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Scroll to Top