उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

काठमाडौँ । बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।

Scroll to Top