उपाध्यक्ष नेम्बाङको निधनमा, एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने ‘पार्टीको तर्फबाट अस ‘यो बैठकले सुवासचन्द्र नेम्वाङ्को योगदानको मूल्यांकन गर्दै एउटा विशेष शोक प्रस्ताव पारित गरेको छ ।  सबै पदमा कुशलताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने, नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म उहाँको अभाव रहिरहने छ । ’ उनले भने ‘उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ । पार्टीको केन्द्रीय कार्यालय प्रदेश कार्यालयहरु र इलामको हकमा उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने, पार्टीसँग सम्बन्धीत सबै कार्यक्रमहरुलाई तीन दिनसम्म स्थगित गरेका छौ । ’
त्यस्तै असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए ।
नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।

Scroll to Top