एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट

काठमाडौं ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् ।
शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।

शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन् ।
मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो छ । यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।

Scroll to Top