एकलाई उच्च रक्तचाप भए जोडीमा अर्कोलाई पनि हुने सम्भावना : अनुसन्धान

जर्नल अफ अमेरिकन हार्ट एसोसिएशनले गरेको एक अनुसन्धानमा जोडीमध्ये एउटालाई उच्च रक्तचाप रहेको अवस्थामा अर्कोलाई समेत हुने खतरा देखिएको छ। अमेरिका, चिन, इंग्ल्यान्ड र भारतमा गरिएको अनुसन्धानमा त्यस्तो पाइएको हो।  

एउटामा उच्च रक्तचाप भएमा अर्कोमा पनि हुने सम्भावना २० देखि ४० प्रतिशत पाइएको छ।  करिब ३३ हजार जोडीमा अनुसन्धान गरिएको थियो। 

रिसर्चको अगुवाइ डा चाई हुवा लीले गरेका थिए। उनले अनुसन्धानको उक्त नतिजालाई चिन्ताको विषय बताएका छन्। यस पछाडिको कारणमा ध्यान दिन सुझाएका छन्। 

नेशनल लाइब्रेरी अफ मेडिसिनमा छापिएको उक्त अनुसन्धानले अन्य नसर्ने रोगको खतरा पनि औंल्याएको छ। आर्थिक कारणमा औषधी र उपचारमा खर्च गर्ने उस्तै बानी, सामाजिक कारणमा खानपान र जीवनशैली एकै प्रकारको र व्यवहारिक कारणमा उपचारलाई लिएर गरिने लापरबाही एकै प्रकारको हुने औंल्याइएको छ। -एजेन्सी

Scroll to Top