एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत देला कि नदेला?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदैछन् । तर नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने बिषयमा केन्द्रको निर्णय कुरिरहेको एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्ण प्रसाद खनालले जानकारी दिए ।
अहिले बालुवाटारमा शीर्ष तहका नेताहरु बैठक बसिरहेको र आफूहरु सोही बैठकको निर्णय कुरिरहेको खनालले बताए ।

सत्ता गठबन्धनको नाममा बागमती प्रदेश सरकारले सरकार परिवर्तनका विषय, जिम्मेवारी बाँडफाँडको विषयमा एकीकृत समाजवादीसँग कुनै सरसल्लाह नै नगरेको विषयमा असन्तुष्टि जनाउँदै यथास्थितिमा प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)की नेतृ रमा आले मगरले बताइन् ।

गत २३ फागुनमा प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । माओवादी नेतृत्वको सरकार अल्पमतमा परेपछि उनले आज सदनबाट विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रीय सत्ता समीकरण अनुसार बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दल छन् । त्यसबाहेक हाम्रो नेपाली पार्टी पनि प्रदेश सरकारमा सहभागी भएको छ ।

हाम्रो नेपाली पार्टीको प्रदेश सभामा २ सिट छ । एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीको ७ र हानेपाको २ गरी प्रदेशसभामा ५७ सांसद हुन्छन् ।
बागमती सरकारलाई ५६ सांसदको समर्थन आवश्यक हुन्छ । ७ राजनीतिक दल रहेको बागमतीमा सबैभन्दा ठूलो कांग्रेसको ३७, राप्रपाको १३ (सभामुख सहित) र नेमकिपाको ३ सिट छ ।

Scroll to Top