एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न उच्च अदालतको आदेश  

काठमाडौं– उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न, नगराउन भन्दै कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

उच्च अदालतका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका सेयरहरु दर्ता किताबमा दर्ता नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

एनसेलको सेयर खरिद–बिक्रीका सन्दर्भमा उच्च अदालतले दुवै पक्षलाई मंसिर २५ गतेका लागि छलफलमा बोलाएको छ। मंसिर २५ को बहसपछि अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई जारी राख्ने वा अन्य आदेश जारी गर्ने भन्ने निर्णय गर्नेछ। 

मलेसियाली कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो। उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले सेयर खरिद–बिक्रीको कारोबारलाई मान्यता नदिन भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।  

Patan_High_Court_aadesh_about_NCELL_-1701951290.jpg

Scroll to Top