एनसेलको सेयर बिक्री गरेर नेपाल छोड्ने आजियटाको घोषणा

काठमाडौं । आजियटा समूह नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ ।

सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियटाले जनाएको छ ।

कम्पनीकाअनुसार बोर्डले नेपालबाट बाहिरिने र एनसेलमा रहेको सेयरहरुलाई बिक्रीका लागि राख्ने निर्णय गरेको हो । कम्पनीले भनेको छ, ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन् र हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन् ।’

सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा नेपालमा भित्रिएको ठूलो वैदेशिक लगानीकर्ता नेपालबाट बाहिरिने भएको हो ।

आजियटाले नेपालको दूरसञ्चार कम्पनी एनसेलमा रहेको आफ्नो सेयर बेचेर बाहिरिने निर्णय गर्दा यसबाट वैदेशिक लगानीकर्ताहरुलाई नकारात्मक सन्देश जाने निश्चित छ ।

एनसेलले आफ्नो व्यवसाय विस्तार हुन नसकेको र आम्दानी घट्दै गएको कारण देखाउँदै आजियता बाहिरिने लागेको जनाएको छ ।

Scroll to Top