एमालेको चियापान सुरु

काठमाडौं : नेकपा एमालेको चियापान सुरु भएको छ। दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसर पारेर एमालेले बुधबार चियापान कार्यक्रम राखेको हो।

आज बुधबार एमालेको चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा पुगेर चियापानमा राखिएको मिठाई वितरण गर्दै कार्यक्रमको सुरु गरेका छन्।

अहिले च्यासल परिसरमा एमालेका नेता कार्यकर्ताको ठूलो भीड लागेको छ। चियापानमा प्रधाानमन्त्रीसहित विभिन्न दलका नेतालाई मिनन्त्रणा गरिएको एमाले सचिवालयले जनाएको छ।

च्यासल परिसरमा अतिथिको स्वागतका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलसहितका नेताहरू उपस्थित छन्।

Scroll to Top