एमालेको दोस्रो नगर अधिवेशन आगामी जेठ ५ र ६ गते हुने

काठमाडौं । नेकपा एमाले चन्द्रागिरि नगरकमिटीको ११औं पूर्ण बैठक आज एक कार्यक्रमको बीच समापन भएको छ ।

नगर अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा नगर इन्चार्ज शर्मिला कार्कीको प्रमुख अतिथि तथा अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमालेको दोस्रो नगर अधिवेशन आगामी जेठ ५ र ६ गते हुने कार्यक्रम रहेको छ ।

नगर अधिवेशनको लागि विभिन्न उप कमिटीहरु गठन गरिएको नगर अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

Scroll to Top