एमालेले टुंग्यायो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा उम्मेदवार

काठमाडौं ।
नेकपा एमालेले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रि«य सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।
बागमतीमा दोलखाको रोचकुमारी चौंलागाई, धादिङका ध्रव विश्वकर्मा, चितवनका निर्मल पौडेल र विवेक देवकोटालाई एमालेले उम्मेदवार बनाएको छ ।
कर्णालीमा मुगुका डिल्लीराज भट्ट, दैलेखका हिक्मत बिक र हुम्लाकी विमलाकुमारी शाही उममेदवार बन्ने टुंगो लागेको हो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा कैलालीकी सावित्रा घिमिरे, कैलालीकै रामचन्द्र जोशी र कञ्चनपुरका ईश्वरीप्रसाद खरेललाई एमालेले उम्मेदवार बनाएको छ ।
साथै, गण्डकी प्रदेशमा बागलुङका मोहनलाल शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी सम्झना देवकोटा रहेका छन् ।

Scroll to Top