एमालेले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठ मनाउँदै

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्ने

काठमाडौँ । एमालेले सोमवार पार्टी स्थापनाको ७५ औँ वर्षगाँठ गोदावरीमै मनाउँदै छ ।

नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा ‘राष्ट्रिय गौरव’ पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । भण्डारी एमालेका पूर्वउपाध्यक्ष समेत हुन् । 

ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भण्डारीलाई उक्त पदक प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । जसलाई प्रतिनिधि परिषद् सदस्यहरूले ताली बजाएर सहमति जनाएका थिए ।

आइतबारको बैठकमा अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याका राष्ट्रिय स्वाभिमान रक्षाका लागि विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताएका थिए । 

Scroll to Top