एमाले काठमाडौंको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित

काठमाडौं । नेपाल एमाले काठमाडौंको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको सातौं जिल्ला अधिवेशन अन्तर्गत मंगलबार भएको मतदानमा निरौला ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उहाँका प्रतिष्पर्धी निर्मल देउलाले १ सय ९१ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला कमिटीको उपाध्यक्षमा विश्वराम सापकोटा र सचिवमा राजेश शाक्य निर्वाचित भएका छन् । उपसचिवमा उद्धव भण्डारी निर्वाचित भए भने अर्काे उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचि भएको निर्वाचन समितिले जनाएको छ ।
२ सय २५ पदमध्ये १ सय ३० पदमा निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध हुन नसकेका ९५ पदका लागि मंगलबार चुनाव भएको थियो ।
जसमा काठमडौं क्षेत्र नम्बर १० बाट विन्दु श्रेष्ठ, वसन्ती श्रेष्ठ, हरिभक्त महर्जन, सुदर्शन केसी, राजु श्रेष्ठ, शिवकुमार महर्जन, सञ्जय सिग्देल, बुद्ध लक्ष्मी महर्जन र जगदिश रिजाल निर्वाचित भएका छन् ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ९ बाट अनन्त राज सिग्देल, इन्द्रबहादुर महर्जन, दीपक पनेरु, राजभाई महर्जन, राजेन्द्र केसी लक्ष्मण तण्डुकार, रञ्जु खड्का र चम्पा रोक्का अछामी निर्वाचित भएका छन् ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २६ गते उद्घाटन गरेका थिए ।

Scroll to Top