एमाले बागमती अधिवेशनः नेतृत्व चयनका लागि मतदान आज

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । 
विहीबार मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ  । 
एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ । एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन् । 
प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

Scroll to Top