एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल

काठमाडौं ।  नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । १२ औं अधिवेशनमा ३ जना अध्यक्षको प्रतिद्वन्दीलाई पछि पर्दै पोखरेल विजयी भएका हुन्। 

पोखरेलले ३ सय १३ मत प्राप्त गरे। यस्तै अन्य ३ जना अध्यक्षको प्रतिस्पर्धी  इन्द्रमान स्याङ्तानले २ सय ६२, लालबहादुर बहादुर थापाले १ सय ६६ र देवराज रिमालले ११ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता बिष्ट, उपसचिवको (पुरुषतर्फ ) फुर्वा दोर्जे लामा, महिलातर्फ उपसचिवमा आरती पाठक विजयी भए। अधिवेशनले ५ जना पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ। 

Scroll to Top