एसईईको नतिजा प्रकाशित, ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ। गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए।

परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन् । 

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै उत्तीर्ण भएका हुन् । उनीहरुले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । १८६ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन् ।

Scroll to Top