एसईई परीक्षाको कार्यतालिका सार्वजनिक

काठमाडौं- यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो। 

चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षमा चार लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएको परीक्षा बोर्डले जनाएको छ।

कार्यतालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित र चौथो दिन अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुनेछ।

Scroll to Top