एसिया कप खेल्ने नेपाली टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान र श्रीलंकामा हुन लागेको एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। यही अगस्ट ३१ बाट हुने एसियाकपको लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो। समूह ‘ए’ रहेको नेपालले एसिया कपमा पाकिस्तान र भारतसँग भिड्नेछ।

नेपालको पहिलो खेल अगस्ट ३१(भदौ १४) मा पाकिस्तानसँग रहेको छ । एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ। एक साता पाकिस्तानमा प्रशिक्षण तथा स्थानीय टिमसँग अभ्यास खेल क्यानले जनाएको छ । आयोजक पाकिस्तान भए पनि एसिया कप को आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुन लागेका हुन् । नेपालले दोस्रो समूह चरणको दोस्रो खेल भने भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

Scroll to Top