एसिया कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै

पारस खड्का भन्छन; ‘नेपाली खेलाडी उत्साहित छन, यस्को सदुपयोग गर्नुपर्छ; 

काठमाडौं । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

मुल्तान मैदान ३० हजार दर्शक क्षमताको रहेको छ । आजका सबै टिकट बुकिङ भइसकेका छन् ।

पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।

नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा खेल्नेछ ।

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।

भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन् ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ ।

नेपाल र भारतबीचको खेल पनि नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ ।

नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालको सम्भावित टिम
कुशल भुर्तेल, आसिफ शेख ९विकेट किपर० भीम सार्की, रोहित कुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।

पाकिस्तानको नेपालसँग खेल्ने टिम
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

Scroll to Top