कतारबाट ५० र ७० ग्राम सुनका सिक्री लिएर नेपाल आएका ४ जना विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा टोलीले कतारबाट नेपाल आउने क्रममा सुन ल्याएको भन्दै चार जनालाई पक्राउ गरेको छ । 

भन्सार छली अवैध रूपमा संकलन गरी ल्याएको करिब २५ ग्राम सुनको सिक्री, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै ५० ग्राम सुनको सिक्रीसहित अन्य दुईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका उनीहरुले भन्सार छली ल्याएको सुनको सिक्रि एकअर्कालाई दिने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । 

Scroll to Top