कति छ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सम्पत्ति ? 

काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । तीन उपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको देखिएको छ । मन्त्रिपरिषद्का २३ सदस्यमध्ये २१ जनाको विवरण सार्वजनिक भएको छ ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाउँमा घर र पैतृक सम्पत्ती नभएको विवरणमा छ ।
राष्ट्रिय वाणिज्य बैंकको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको मन्त्री श्रेष्ठले खुलाएका छन् ।
सुनचाँदी, शेयर वा धितोपत्र श्रेष्ठको नभएको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पतिको नाउँमा गोरखाको सिरानचोक गाउँपालिका–८ मा उनको नाममा ३ कित्ता जग्गा छ । सोमध्ये एउटा कित्ता ३१ रोपनी १५ आना छ ।
दोस्रो ५ रोपनी ७ आना र तेस्रो कित्ता १ रोपनी १० आना रहेको देखाइएको छ । त्यसलाई उनले पैतृक भनेका छन् र २०५८ सालमा पार्टीलाई दिएको घोषणा गरेको र हाल प्रक्रियामा रहेको विवरणमा उल्लेख छ ।
मन्त्री श्रेष्ठसँग बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी छ । उक्त गाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रयोग गर्न दिएको श्रेष्ठले सम्पत्ति विवरणमा राखेका छन् ।

Scroll to Top