कर्णाली जाँदै एमालेको ‘समृद्धिका लागि संकल्प’पदयात्रा

काठमाडौं । नेकपा एमालेले यही मंसिर १४ गतेबाट सञ्चालन गरिरहेको ‘समृद्धिका लागि संकल्प’पदयात्राको चौथो दिन आज सुदूरपश्चिम प्रदेशको यात्रा सकेर कर्णाली प्रवेश गर्दैछ । 
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै जनताकाका समस्या सुन्न हिँडेको टोली शनिबनार राति अछामको मंगलसेनमा बास बसेको छ। 
झुलाघाट–चिवाभञ्ज्याङ सम्मको यात्राको चौथोदिन दिनसम्म एमालेले सुदूरपश्चिम प्रदेशको ३०५ किलोमीटर यात्रा पूरा गरेको छ । 
यात्रा आज कर्णाली प्रदेशको दैलेख प्रवेश गर्दैछ । बिहान मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख पुगेर बिहानको खाना खाने योजना रहेको बताइएको छ । 
त्यसपछि दैलेख बजारमा आयोजना हुने आमसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकोएमालेको सचिवालयले जनाएको छ । 
जलस्रोतको भण्डार,जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ । 
मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ । 

Scroll to Top