कस्ता छन् लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना ?

 

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे आयोजनामा २२१ अर्बको प्रस्तुत

 

काठमाडौँ । वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना हुँदैछ ।
लगानी बोर्डले सम्मेलनमा प्रस्तुत गर्ने परियोजना टुङ्ग्याउने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । दुई दिने सम्मेलन सुरु हुन तीन साता मात्रै बाँकी रहँदा लगानीकर्ता समक्ष प्रस्तुत गरिने परियोजना करिब–करिब टुङ्गो लगाएको हो ।
बोर्डका अनुसार लगानी सम्मेलनमा प्रस्तुत गर्नका लागि १२५ वटा परियोजना छानिएका छन् । यी परियोजनामा १० प्रतिशतसम्म थपघट हुन सक्छ । बोर्डले सम्मेलनमा प्रस्तुत गर्न तयार पारेका परियोजना विभिन्न ९ चरणमा बाँडिएका छन् । सम्मेलनमा सहभागिता जनाउने स्वदेशी–विदेशी लगानीकर्ता समक्ष प्रस्तुत गरिने परियोजनालाई ९ चरणमा विभाजन गरिएको हो ।
लगानीकर्ता समक्ष प्रस्तुतका लागि छानिएकामध्ये ४ वटा आयोजनाको विकास सम्झौता (पीडीए) हुनेछ । यो आयोजनालाई अघि बढाउनका लागि अन्तिम चरणको सम्झौता हो ।

विकासकर्ता र लगानी बोर्डबिच ४ वटा आयोजनाको पीडीए हुने गरी आयोजना तयार भएका छन् । पीडीए हुने चरणमा रहेका आयोजनाहरूको सूचीमा चीन–नेपाल फ्रेण्डसीप इन्डष्ट्रियल पार्क अग्रस्थानमा छ ।
आशय पत्र आह्वान गरिने परियोजनामा चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे आयोजनामा २२१ अर्बको अनुमानित लागत प्रस्तुत गरिने भएको छ ।

Scroll to Top