कांग्रेसले १३ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । जेठ १३ गते नेपाली कांग्रेसले काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी पीडितको पक्षमा उभिने निर्णय गरेको छ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।

Scroll to Top