काङ्ग्रेस अदृश्य गन्तव्यतिर

मैले थाहा पाउँदासम्म कांग्रेसको गरिमा बेग्लै थियो। पार्टी सदस्यता पाउँदा गाैरवको अनुभुति गर्थें । त्यतिखेरका शुबर्ण शमशेर, विशेश्वर प्रसाद कोईराला ,गणेशमान सिहं र कृष्णप्रसाद भट्टराईले बोकेको चार तारे झण्डा सम्झदा आफुले आफैलाई गर्वको महसुुस हुन्थ्यो । गर्वले छाति फुल्थ्यो ! तर आज त्यही झण्डा आफ्नै हातले उठाउँदा त्यहि छाति खुम्चेको महसुस हुन्छ ।

आजको दिनमा , यहि परिस्थितिमा विपि कोईराला र गणेशमानको तस्बिरमा आँखा जुधाएर हेर्न सकिन्न । छातिमा हात राखेर भन्नुस् कांग्रेसीहरु साथीहरू तपाईंहरू सक्नुहुन्छ ?

आजको यो परिस्थिति किन ? यो प्रश्न जिल्ला , क्षेत्र , प्रदेश र केन्द्रमा राज गर्ने ठुला नेताहरुलाई सोध्न चाहान्छु । के हाम्रो छाति खुम्चँदा तपाईंरूको छाति फुल्छ? हाम्रो आदरणिय मतदाताहरुमा पार्टीप्रति नैराश्यता पैदा हुँदा हामी लाचार नाजवाफ हुनुपरेको छ । देख्दा देख्दै दिन दुगुना रात चार गुना कार्यकर्ताको शिर झुक्नेगरि केन्द्रका कुर्सी वालाहरुले दम्भ , घमण्ड र अराजकता देखाई रहँदा हामी पार्टीको हरेक एजेन्डाको खुट्किला चढ्न,राय सल्लाह लिन र दिन हिच्किचाहट पैदा हुन लागेको अवस्था छ ।

यसरी नै पार्टीका नेताहरु अदृश्य गन्तव्यतिर अगाडि बढ्ने हो भने, जनताको मनोभावना बढाउन र कार्यकर्ताको मन जित्न खोज्दैन भने यो महामाया योगमायाको समय हैन , सति जान बाध्य छैन भन्ने प्रश्न हरेक कार्यकर्ताको मनमा उठेको छ !

सवाल यो उठेको छ , जताततै भ्रष्टाचार,जताततै लुट र निर्वाचनको बखत जताततै झुट के , यहि हेरेर बस्ने हो कार्यकर्ताले ? अनि , वि पि कोईराला र गणेशमानले यसै गर्नु भनेर विरासत छाडेर जानुभएको थियो हामीलाई ?

पार्टीलाई दलदलको किनारामा पुर्याएर, कार्यकर्तालाई दोबाटोमा अलपत्र छाडेर गणेशमान र वि पि को फोटो पार्टी कार्यालयभित्र झुन्ड्याई माला पहिर्याउदैमा राष्ट्र,राष्ट्रियता र जनतामा गरेको अपराध पखालिन्छ ? कदापि पखालिदैन !

पार्टीलाई दलदलको किनारामा पुर्याएर, कार्यकर्तालाई दोबाटोमा अलपत्र छाडेर गणेशमान र वि पि को फोटो पार्टी कार्यालयभित्र झुन्ड्याई माला पहिर्याउदैमा राष्ट्र,राष्ट्रियता र जनतामा गरेको अपराध पखालिन्छ ? कदापि पखालिदैन !

निर्वाचनको संघारमा कहिले कुन दलसँग टपक्क , कहिले कुन दलसँग लपक्क गर्दै कहिले हँसिया हथौड़ामा भोट हाल भनेको छ , कहिले गिलास भनेको छ,कहिले कलम भनेको छ ।यसरी ब्यक्तिगत जितको लागि मतदाता र कार्यकर्तालाई हाँसोको पात्र बनाउनु पार्टी विचार विपरित हो ।

२०४८ सालमा जनताले दिएको मत र विस्वास जतन गर्न जानेको भए आज नेपाली काङ्ग्रेसले अपाङगताको आभाष भएको महसुस गर्नु पर्दैन थियो !

अन्तमा : कार्यकर्ता भएर पनि यस्तो पार्टी विपरित विचार किन ? भन्ने लाग्न सक्ला कसैलाई !

सम्झनुस् नेतालाई सलाम गर्ने होइन सम्झाउने हो । नेपाली काङ्ग्रेस पार्टीको नीति गलत हुँदैछ । निर्णय गलत हुँदैछ । सोचाई गलत हुँदैछ ।

लोकतान्त्रिक समाजवादको, खुल्ला अर्थतन्त्र र उदारीकरणको दुहाई दिने नेपाली काङ्ग्रेस आज कसको दलाली गर्दैछ ?

लोकतान्त्रिक समाजवादको, खुल्ला अर्थतन्त्र र उदारीकरणको दुहाई दिने नेपाली काङ्ग्रेस आज कसको दलाली गर्दैछ ?

जनता , कार्यकर्ता , आफ्नै ईतिहास र लोकतान्त्रिक संस्कृतिबाट स्खलित हुँदै गएको काङ्ग्रेसको एक सच्चा शुभचिन्तक भएको नाताले म काङ्ग्रेसलाई केही भन्दिन ।

तर , काङ्ग्रेसी कार्यकर्ता हुनुको नाताले म आफैलाई धिकार्न थालेको छु !

Scroll to Top