काठमाडैं उपत्यकामा भोलि पनि वर्षा हुने सम्भावना

काठमाडौं ।
आज बेलुका काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ ।
उपत्यकामा आज दिनभर मौसम धुम्म भएको छ । काठमाडौं उपत्यकामा हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछाने बताउँछन् । निरन्तर वर्षा नभए पनि छोटो समय रोकिँदै पानी पर्नेक्रम आज दिउँसो र राति पनि हुने लामिछाने बताउँछन् ।
अहिले नेपालमा मनसुन केही दिनयतादेखि सक्रिय हुँदा पानी पर्नेक्रम बढेको हो ।


काठमाडौं उपत्यकामा शुक्रबार पनि वर्षाको सम्भावना रहेको छ । मनसुको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेको छ ।
नेपालमा अहिले भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जसको कारण अहिले नेपालमा मौसममा बदली र वर्षा भएको हो ।

Scroll to Top