काठमाडौँका यी स्थानमा आजबाट विद्युत् अवरुद्ध हुने

काठमाडौँ । आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जनाएको हो ।

Scroll to Top