काठमाडौंको ठुलो भर्याङस्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । काठमाडौंको ठुलो भर्याङस्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आजबाट सुर भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाही पक्राउ परेका हुन् ।

शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंकबहादुर घर्तीको नाममा परीक्षा दिन सो केन्द्र पुगेका २३ वर्षीय आदेशलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनमाथि प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।

Scroll to Top