काठमाडौंको विभिन्न स्थानमा भोलिदेखि ११ देखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा भोलिदेखि ११ देखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

काठमाडौँका विभिन्न स्थानमा भोलिबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

Scroll to Top