काठमाडौंदेखि नैनीतालसम्म

तेजमान श्रेष्ठ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भक्तपुर जोन अन्तर्गतको तरकारी जोन, आलु जोन, गाई भैसी जोन, दुग्ध जोन लगायत कृषकहरुलाई वर्षको एकचोटी पूर्ण ताजगी, उर्जाशिल नयाँ प्रविधि र अहिल्यको जोन नेपाल सरकारले घोषणा गरि आईरहेको सुपर जोन, जोन, पकेट र ब्लकहरुले गदै आईरहेको क्रियाकलाप साथै नँया कुराहरुको ज्ञान र जानकारी दिनको लागी अवलोकन भ्रमण लाने चलन विगत ३ वर्षदेखि प्रारम्भ गरिएको काठमाडौंमा चन्द्रागिरि र नागार्जुन २ वटा नगरपालिका मिलाएर तरकारी जोन घोषणा गरिएको थियो र अवलोकन भ्रमण पनि गराउँदै आएको थियो ।

यसै शिलशिलामा यो वर्ष पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माघ २ गते देखि ८ गते सम्म रुपन्देही , बर्दिया, कैलाली, कञ्चनपुरसम्मको भ्रमण तालिका तय गरिएको थियो। जस अनुसार माघ २ गते बिहान ७ः४५ बजे थानकोट चोकबाट म लगायत हामी ३ जना स्थानीय कृषकहरु गाडीमा चढ्यौं र अवलोकनको लागी निस्केका सबै जोनका किसानहरुलाई हार्दिक नमस्कार गरी हामी आ -आफ्नो सिटमा बस्न गयौं ।

मेरो दिमागमा भने एउटा चित्र दौडिरहेको थियो र साथीहरु समक्ष व्यक्त पनि गरेको थिएँ ! कैलालीमा चौधरी (थारु) हरुको रहन,सहन र संस्कृति हेर्न पाउने भएँ , अझ यसपालीको यात्रा माघे संक्रान्ती मै परेको हुनाले नँया कुराहरु हेर्न पाउने र थारु संस्कृतिमा प्रचलित परम्परागत खानाका परिकारहरु खान पाउने भइयो भनेर दङ्ग परेको थिएँ । बसमा चढिसकेपछि मात्रै मलाई हाम्रो यात्रा नैनी ताल भारतसम्म हो भन्ने थाहा भयो । गाडी आफ्नै रफ्तारमा कुढिरहेको थियो ।

नारायणघाटदेखि दाङसम्म ठाउँ —ठाउँमा बाटो चौडा गरी निर्माण कार्य भईरहेको पाइयो ” यो एशिएन हाइवे हो नि” साथिले भन्यो । बाटो लगभग ६ लेनको रहेको र कहिँ पिच गर्न लागेको , कहिँ पुल , कहिँ वाल लगाउँदै , कहिँ ग्रावेल गर्दै प्रत्येक ठाउँमा मजदुरहरु र जेसिबी मेशीनहरु यत्रतत्र देखियो ।

काठमाडौंबाट नारायणघाट सम्म पुग्दा झण्डै १२ बजेको थियो । खाना खानको लागि नारायणघाट मानसरोवर होटलमा रोकियौं र खाना खाईसकेपछि हाम्रो यात्रा पुन अगाडि बढ्न थाल्यो । नारायणघाटदेखि दाङसम्म ठाउँ —ठाउँमा बाटो चौडा गरी निर्माण कार्य भईरहेको पाइयो ” यो एशिएन हाइवे हो नि” साथिले भन्यो । बाटो लगभग ६ लेनको रहेको र कहिँ पिच गर्न लागेको , कहिँ पुल बनाउँदै , कहिँ वाल लगाउँदै , कहिँ ग्रावेल गर्दै प्रत्येक ठाउँमा मजदुरहरु र जेसिबी मेशीनहरु यत्रतत्र देखियो । साँच्चै ! यो बाटो बनिसकेपछि जुनसुकै ठाउँमा जान आउन पनि सुविधा सम्पन्न होला ।

दुर्घटनाहरु कमै होला । आनन्दले आउन जान सुविधा होला । समयको बचत होला र साच्चिकै नेपालले विकासको फडको मार्दैछ जस्तो मलाई अनुभुति भित्रै मनदेखि आभास भयो । हाम्रो यात्राको गन्तव्य टाढा भएकोले गाडी कोहलपूर बस पार्कको एउटा होटलमा पुगेर रोकियो । रातको १२ः३० बजिसकेको थियो । खाना खाईसकेपछि सुत्नतिर लागेर भोलि बिहानको प्रतिक्षा गर्न थालें । बिहानको नित्यकर्म गरिसकेपछि हामी फेरि यात्रामा निस्क्यौं ।

गाडी बर्दियाको निकुञ्ज हुँदै अघि बढ्यो । बर्दिया निकुञ्जमा सैनिक क्याम्प थियो त्यहाँ चेक जाँच गर्दै प्रति घण्टा ४०कि .मि स्पिडमा मात्रै गाडी कुढाउन पाइने “टाइम कार्ड “लिनु पर्ने रहेछ । ठाउँ—ठाउँमा जंगली जनावरहरुको जुनसुकै समयमा आवत जावत हुन सक्ने भएकोले सावधानीका साथ गाडी चलाई दिनु भनि होडिङ्ग बोर्ड राखीएको थियो र केहि गरी जंगली जनावर घाईते वा मारियो भने त्यसको दण्ड सजाय भोग्नुपर्छ भनि लेखिराखेको थियो ।

बर्दियाको राष्ट्रिय निकुञ्ज पार गरिसकेपछि कर्णालीको चिसो पानी आईपुग्यो । कर्णालीको चिसो पानीको पुलमा गाडी रोकिसकेपछि कर्णालीको पुल हेरियो । कर्णालीको पुल एउटै पिल्लरले निर्माण गरिएको रहेछ । यस कार्यमा प्राविधिक दक्षता झल्किएको देखिन्छ । कर्णाली आफनो रफतारमा एकोहोरो बगिरहेको थियो ।

बर्दियाको राष्ट्रिय निकुञ्ज पार गरिसकेपछि कर्णालीको चिसो पानी आईपुग्यो । कर्णालीको चिसो पानीको पुलमा गाडी रोकिसकेपछि कर्णालीको पुल हेरियो । कर्णालीको पुल एउटै पिल्लरले निर्माण गरिएको रहेछ । यस कार्यमा प्राविधिक दक्षता झल्किएको देखिन्छ । कर्णाली आफनो रफतारमा एकोहोरो बगिरहेको थियो । चिसो हावा छर्दै आफ्नै लयमा बगिरहेको देखियो । अकस्मात मलाई के लाग्यो भने कर्णाली नदीले सबै नेपालीहरुलाई एउटा प्रश्न गरिरहेको जस्तो लाग्यो । “म तिम्रै धन राशी ढुकुटीबाट बगीरहेको छु । मलाई अधिकतम प्रयोग गर । मलाई सम्मुचित सदुपयोग गर ।

मुलुकको विकास र उन्नतिमा मभित्र निहित अथाह स्रोतलाई प्रयोग गर” भनिरहे झैं लाग्यो । कैलाली हुँदै कञ्चनपुरको महेन्द्र नगरमा करिब ३ बजे पुगेर एउटा होटलमा सामान राख्यौं । अबको यात्रा दशगजा हुँदै नैनी तालसम्मको थियो । अत : भारतीय गाडी रिजर्भ गरि अगाडि लम्कियौं !

इन्डिया जान टनकपुर बाँध हुदै जानु पर्दछ । टनकपुर बाँध महाकाली नदीलाई थुनेर निर्माण गरीरहेको थियो र भारतले अधिकतम भन्दा अधिकतम सिंचाईका लागि यो बाँध प्रयोग गर्दै आइरहेको छ । जसमा २७ वटा ढोका राखेर र एउटा चाहि नेपाललाई छुट्टै छोडेर राखेको छ । भारतीय गाडी र गाडीमा बस्ने नेपाली भएकोले नागरिकता र फोटो चेकिङ गरी देखाउनु पर्दथ्यो । चेकिङ सकेपछि हामी पुनः गाडीमा बस्यौं र त्यहाँको रोड (हाइवे) मार्फत गाडी हुईकियो । केही समय पछि रोडमा ६ वटा डिभाइडर देखियो । गाडी छिर्न मिल्ने गाडीको समेत स्क्यानिङ गर्न मिल्ने रहेछ ।

सायद सुरक्षाको हिसाबले होला ।ब्यारेकबाट झन्डै २६५ कि.मि टाढा नैनी तालको दुरी रहेछ गाडी एकनाशले आफ्नै रफ्तारमा दौडिरहेको थियो । त्यहाँको सडक राम्रो थियो । नेपालको पश्चिमतिर र भारतको उत्तरतिर पर्ने भएकोले यसलाई भारतले उत्तराखण्ड भनिएको हो । नैनी ताल जाने बाटो झन्डै १०० कि.मि. बाँकी हुँदा दुई लेनको मात्र बाटो रहेछ । हामीहरु गाडीमा बस्दा बस्दा दिक्कको अनुभव गरिरहेका थियौं ! बल्लतल्ल गाडी चिया खाने ठाउँमा रोकियो ।

रोडको दायाँ पट्टि र बायाँ पट्टि झिलिमिलि ठमेलको झल्को आउने गरी रेष्टुरेण्टहरु, होटलहरु थुप्रै थियो । हामी होटल छिर्नासाथ नेपाली गीत बजाई हाल्यो । सायद , बिजनेश गर्ने पोलिटिक्स यहि होला ! हाम्रा केही साथिहरु नाच्न थाले । कोहि वासरुम त कोहि त्यहाँबाट देखिने रमणिय वातावरण हेर्न थाले । चिया खाइसकेपछि पुनः गाडीमा चढि हाम्रो गन्तव्य नैनी ताल पुग्न हामी हुईकियौ ।उकालो र घुमाउरो पहाडको बोटो छिचोल्दै बस हुईकिदै थियो । अलि टाढा .. पहाडतिर झिलिमिली बत्ति बालिराखेको थियो सायद त्यहि होला नैनी ताल , धेरै जसोको अनुमान त्यहि थियो । आखिरमा हामी साँझ ८ः५० मा नैनी ताल पुग्यौं !

चारैतिर पहाडले घेरिएको मुखमा ड्याम बनाई पानी छेकि तालको निर्माण गरिएको थियो । लम्बाई १२०० मिटर जतिको छ भने चौडाइृ झन्डै ८०० मिटरको जस्तो देखिन्छ । ठुलो—ठुलो गाडीलाई अनुमति इजाजत नभएको र सानो त्यहीँको गाडीलाई मात्र इजाजत दिइने रहेछ । चारैतिर पहाडै पहाड , झिलिमिली बस्ती र वरपर पसल र होटलहरु थियो भने बिचमा शान्त ताल युगौंको थकाई मार्न लम्पसार सुतिरहे झैं प्रतीत हुन्थ्यो ! निरन्तरको एकोहोरो यात्राले लखतरान हामी सबै होटलमा आ – आफ्नो ब्याग राखी , खाना खाएर हामी रात्री कालीन समयमा ताल घुम्न निस्कियौं । सिरिसिरि हावा चलिराखेको थियो ।

जता हेर्यो त्यतै झिलिमिली ! आन्तरिक र बाह्य पर्यटकहरुको बाक्लो चहलपहल र ठिक्क—ठिक्कका घरहरु । सजाईएका विभिन्न पसलहरु ! पोखरा सहरको लेक साइड र काठमाडौंको ठमेलको जस्तो झल्को आउने व्यस्त बजार ! रातको ११ः०० बजेसम्म हामी वरिपरि घुम्यौं र सुत्न गयौं ।

बिहान उठेर नुहाई धुवाई गरि हामी पून: नैनी ताल हेर्न गयौं । सर्वप्रथम हामी नैनी माताको दर्शन गर्न गयौं नैनी माताकोे दक्षिणपट्टि क्रिश्चियनहरुको पुरानो चर्च पनि रहेछ ! नैनी ताल प्राकृतिक नभई क्रृतिम ताल रहेछ ।

नैनी ताल ब्रिटिस सरकारको पालामा वर्षातको समयमा पानी संकलन गर्ने हेतुले बनाइएको हो भनि स्थानियले जानकारी गराए । नैनी ताल घुमिसकेपछि अन्य स्थानिय पर्यटकिय महत्वका ठाउँहरु पनि घुम्न गयौं ।

नैनी ताल ब्रिटिस सरकारको पालामा वर्षातको समयमा पानी संकलन गर्ने हेतुले बनाइएको हो भनि स्थानियले जानकारी गराए । नैनी ताल घुमिसकेपछि अन्य स्थानिय पर्यटकिय महत्वका ठाउँहरु पनि घुम्न गयौं ।

घुम्दाघुम्दै दिउँसोको १ बजीसकेको थियो । प्रायः सबैलाई थकान र भोकले पनि सताइसकेको थियो । त्यहाँबाट फर्किएर अघिल्लो दिन नास्ता गरेकै होटलमा खाना गयौं । त्यहाँबाट हामी बसमा बसी फर्किने तरखरमा लाग्यौं ।

यात्रा धेरै लामो भएकोले घरि—घरि गीत, नाचगान त कहिले जोक, कहिले मुक्तक, कहिले कविता भन्दै नाचगान गर्दै हामी आफ्नै देश महेन्द्रनगर शारदा ब्यारेक हुर्दै नेपाल आईपूग्यौं । नेपाल आईसकेपछि महाकाली नदी र झोलुंगे पुल हुँदै त्यहाँ रहेको दुईवटा चाँदनी र दोधारा गाउँको सामाजिक सांस्कृतिक अवस्थतिको अवलोकन गरिएन भने ति दुई वटा गाउँमा बसोबास गर्ने नेपालीहरुले नेपाली भु—भागलाई कसरी संरक्षण गर्दै आईरहेका छन् र तिनिहरुको वास्तविक समस्या र पीडाबारे बुझ्न आवश्यक छ भनी हामी त्यतैतिर लाग्यौं । हामी त्यहाँ पुग्दा झन्डै ४ बजिसकेको थियो । हामी झोलुंगे पुलमाथी चढ्यौं !

अनन्त फैलिएको महाकाली नदी, आँखाले नभ्याउने बगरहरु, आफ्नै सुरले , आफ्नै खुशीले जता मन लाग्यो त्यतै विभिन्न बाटो हुदै शान्त बगेका पानीका लहरहरु , अहो, कति मनमोहक दृश्य,कति आल्हादकारी प्राकृतिक छटा ! महाकाली नदीको झोलुंगे पुल १४५२ मिटरको रहेछ । सम्भवत यो झोलुंगे पूल नेपालको सबैभन्दा लामो झोलुंगे पुल हुनुपर्दछ । चाँदनी र दोधारा गाउँ जोड्ने सो झोलुंगे पूलले सरकारको अनुभुति दिलाउने काम गरिरहेको भान हुन्छ । यदि सो झोलुंगे पूल निर्माण नगरिएको भए त्यस गाउँका मानिसहरु सम्पूर्ण रुपले भारत मै निर्भर रहनु पर्ने अवस्था हुन्थ्यो !

भोलीपल्ट बिहानै उठेर कञ्चनपुरमा रहेको रंगशालामा प्रातः भ्रमणमा निस्कियौं । त्यसपछि होटलमा चिया नास्ता गरिसकेपछी हामी कैलालीको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाले चलाएको सुपर धान जोन, गहुँ जोन हुँदै तोरी जोनमा पुग्यौं । त्यहाँ पुगेर विभिन्न जोनहरको अवलोकन गर्नुका साथै त्यहाँका किसानहरुसँग भेटघाट तथा अन्तर्कृया गर्यौ । त्यहाँ जताततै आँखाले नभ्याउने विशाल फाँटहरु रहेछन् । ति विशाल फाँटहरुलाई आँखाभरी संगालेर हामी त्यहाँबाट र्कैलालीकै केरा बारी हेर्न गयौं । केरा बारी झन्डै १५ बिघामा फैलिएको रहेछ । सबै बोटमा थोपा सिंचाईको व्यवस्था गरिएको रहेछ ।

हाम्रो भ्रमण तालिका अनुसार लुम्बिनिमा रहेको गँहुको मुल बिउ निकाल्ने ठाउँ पनि अवलोकन गर्न गयौंं । त्यहाँ विभिन्न जातीको बिउहरु हेर्यौं । गहुँ उम्री सकेको थियो । एक लाइन एक जातको अर्को लाइन अर्को जातको झन्डै ६ देखि १० इन्चको फरकमा गहुँ छरिराखेको थियो । गहुँ, धानको प्रजनन बिउ मुल बिउको जानकारी हासिल गरी सकेपछि हामी पुन तरकारी फार्म हेर्नको लागि नवलपरासीको दक्षिणपट्टी गयौं ।

सर्वत्र हरियाली परिवेश देखेर मनमुग्ध भयो । हामी सबै भोक र थकानले चुर भईसकेका थियौं । कोहलपुरमा खाना खाने हाम्रो योजना सफल नभएपछि हामीले कर्णालीको चिसो पानीमा खाना खाने योजना बनायौंं र त्यहिँ खाना खान बस्यौं । कर्णालीको चिसो पानी स्पर्श गर्दै साँझ लुम्बिनिमा बास बस्न आई पुग्यौं । भोलिपल्ट गौतम बुद्ध जन्मेको ठाउँ माया देविको दर्शन गर्न हिड्यौं । गौतम बुद्ध जन्मेको ठाउँ र सात पाइला हिडेको ठाउँ घुमेर हामी विश्व शान्ति दिप , कोरियन गुम्बा तथा चाइनिज गुम्बा लगायत त्यहाँ रहेका पर्यटकिय स्थलहरुको अवलोकन गरेर होटलमा फर्कियौं । हाम्रो भ्रमण तालिका अनुसार लुम्बिनिमा रहेको गँहुको मुल बिउ निकाल्ने ठाउँ पनि अवलोकन गर्न गयौंं । त्यहाँ विभिन्न जातीको बिउहरु हेर्यौं ।

गहुँ उम्री सकेको थियो । एक लाइन एक जातको अर्को लाइन अर्को जातको झन्डै ६ देखि १० इन्चको फरकमा गहुँ छरिराखेको थियो । गहुँ, धानको प्रजनन बिउ मुल बिउको जानकारी हासिल गरी सकेपछि हामी पुन तरकारी फार्म हेर्नको लागि नवलपरासीको दक्षिणपट्टी गयौं । तरकारी फार्म पुग्दा झमक्क अँध्यारो भइसकेको थियो । फार्ममा काँक्रै—काँक्रा झन्डै ८ बिघामा रोपिएको रहेछ । काँक्रो उत्पादनबाट मनग्य आम्दानी हुने गरेको त्यहाँका कृषक साथीहरुबाट जानकारी प्राप्त गर्यौं । त्यहाँबाट नारायणघाटमा बास बस्न आयौं । कृषक स्तरीय अवलोकन भ्रमणको छैठौं दिन थियो । बिहानको हुस्सु, चौरतिर फैलिएको शित लहर, र कठ्याँग्रिदो जाडो सहँदै केबलकारबाट हामी मौला कालिको दर्शन गर्न गयौं ।

झन्डै ३—५ मिनेटमा हामी माथी पुग्यौं । सुतिरहेको महादेवको छाती माथी आफ्नो दाहिने खुट्टाले टेकेर, जिब्रो टोक्दै गरेको कालीको दर्शन पछि हामी देविघाट लाग्यौं । त्रिशुली र काली गण्डकीको दोभान जहाँबाट नारायणी नदीको शुरुवात हुन्छ । अत्यन्तै सुन्दर आकृति मनै लाभ्याउने, कञ्चन कञ्चन, चञ्चल चञ्चल एक नासले बगिरहेका देवघाट जसलाई ३ जना दिदी बहिनी गंगा जमुना सरस्वतीको मिलन हुने ठाउँ भनेर पनि होला यो ठाउँको नाम देवघाट रहन गएको ! अलिकति माथी गएपछि गुफा भित्र वशिष्ठ ऋषी ध्यान गर्दैगरेको मुर्ति पनि रहेछ । सिता माता अग्नि परिक्षाको बेला धर्ति भित्र समाहित भएको ठाँउ पनि रहेछ । त्यसैले यो ठाँउलाई देवघाट भनिएको होकी ! यसको बारेमा थप अध्ययन अनुसन्धान आवश्यक देखिन्छ ।

देवघाटबाट हामी मलेखुको अलि माथि चौतारामा आईपुगेर भ्रमणको थोरै समिक्षा गर्न त्यँहा जम्मा भयौं । त्यसक्रममा एकजना कृषक साथीले आफनो अनुभव राख्दै भन्नुभयो—“म आलु जोनको प्रतिनिधि भएर यस अवलोकन भ्रमणमा आउन पाउँदा साह्रै राम्रो लाग्यो ।भिन्न भुगोल,विविध सामाजिक रहनसहन, स्थान र हावापानी अनुसारको कृषि प्रणाली लगायत कृषि क्षेत्रका सम्भावना र चुनौतिहरुबारे वस्तुनिष्ठ र व्यवहारिक ज्ञान आर्जन गर्न पाउँदा खुशी छु यसका लागि आयोजक संस्थालाई धन्यवाद दिन चाहान्छु ।

समग्रमा कृषक—कृषकबिचको शिपशिल्प र भावना बिचार साट्न समेत यस खाले कार्यक्रमहरुले ठुलो टेवा पुरयाउने रहेछ । भ्रमण साच्चिकै सार्थक रह्यो । यसका लागि प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यालय जोनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । ”

निष्कर्ष :

कृषि आधुनिकीकरण अवलोकन भ्रमण भनिएपनी , काठमाडौंदेखि नैनी तालसम्मको यात्राबाट समग्र नेपाली समाज र बहुल साँस्कृतिक

पक्षको बृहत्तर आयाम समेत हेर्ने / बुझ्ने अवसर प्राप्त भयो ! विविध प्राकृतिक , जैविक सम्पदा र तिनको पहिचान गर्न र सम्मुचित उपयोगको नीति अवलम्बन गर्नसके नेपालको विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने गहिरो अनुभुति समेत भयो !

Scroll to Top