![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
दशैंको लागि प्रमुख पारिवारिक घुम्ने ठाउँ
काठमाडौँ । दसैँ तिहारको बिदा सदुपयोग गर्न काठमाडौँबाट नजिकको गन्तव्यमा कुलेखानी करिब दुई घण्टाको गाडी यात्राबाट पुग्न सकिन्छ । थानकोट चित्लांग हुदै कुलेखानी पुग्न सकिन्छ । कतै कच्ची सडक त कतै पक्की सडक हुँदै कुलेखानी पुग्न सकिन्छ ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/indra-sarobar-1-1-1024x461.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/indra-sarobar-1-1024x461.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/indra-sarobar-2-1024x461.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/indra-sarobar-3-1024x461.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/395999690_183460834808473_733282821926415166_n.jpg)
यहाँको जलविद्युत् आयोजनाका लागि बनाइएको ड्यामले कुलेखानी इन्द्रसरोवरका बासिन्दाको जनजीवन फेरिएको छ । यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरू जाने प्रमुख पैदलमार्गका रूपले पनि चिनिन्छ । दक्षिणकाली–हेटौँडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/396185296_183460758141814_271630892761266194_n.jpg)
काठमाडौँबाट छोटो दूरीमा रहेको कुलेखानी बल्खुबाट करिब ४५ किमीको यात्रापश्चात् पुग्न सकिन्छ । निजी तथा सार्वजनिक सवारी साधनमा फर्पिङ, फाखेलको सडक हुँदै करिब २ घण्टाको यात्रामा मार्खु, कुलेखानी पुगिन्छ । जंगलैभरि फुलेको लालीगुराँसले मनमोहक बनाउँछ । रातामय फुलेका लालीगुराँस अनि गाउँले परिवेशलाई नियाल्दै जाँदा बाटोको कष्ट भुल्दै काठमाडौँ जिल्लालाई छोडेपछि मकवानपुर जिल्लाको सिमाना प्रारम्भ हुन्छ । यहाँको अर्को विशेषता भनेको माछा हो । कुलेखानीलाई लोकल माछा खान पनि उपयुक्त स्थान मानिन्छ । यहाँ आउने आगन्तुकका निमित्त होटेल तथा रिसोर्टहरू छन् ।
हेटौँडा र काठमाडौँबाट बढी पर्यटकहरू आउने गरेको स्थानीय होटेल व्यवसायीहरू बताउँछन् । इन्द्रसरोवरमा करिब ४० वटा डुंगाबाट पर्यटकलाई शयर गर्ने सुविधा उपलब्ध गराइएको छ। सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन् ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/395973699_183461071475116_8075616676681990809_n.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/395973702_183461171475106_8313671923401434593_n.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/395999690_183460834808473_733282821926415166_n-1.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/396021661_183461214808435_2232466202912012086_n.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/396053724_183461114808445_2014128816470967812_n.jpg)
![](https://shonitpurkhabar.com/wp-content/uploads/2023/10/396185296_183460758141814_271630892761266194_n-1.jpg)